
पोखरा । पोखरास्थित हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता न्यौपाने पहारी सम्मानित भएकी छन् ।
नारी दिवसको अवसरमा नारी स्रष्टा समाज नेपालले गरेको नारी स्रष्टा सम्मान अन्तगर्तत पोखराकी न्यौपानेलाई सम्मान गरिएको हो ।
न्यौपानैसहित ललीता दोषी, मन्जुश्री प्रधान, सरस्वती गौतम, शारदा पराजुली, प्रीती कौर, सुशीला ढकाल अधिकारी, कमला पराजुली, कला डाँगी, पवित्रा दाहाल र मोनी श्रीवास्तव कोइरालालाई पनि सो अवसरमा सम्मान गरिएको संस्थाकी अध्यक्ष ममता मृदुलले जानकारी दिइन् ।
सो अवसरमा धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी सम्मान अखण्ड भण्डारीलाई प्रदान गरिएको उनले जानकारी दिइन् ।





