पोखराको शान्ति निकेतन माविबाट एसईईमा ४० विद्यार्थी सहभागी हुने

पोखरा । पोखरा महानगरपालिका वडा नंं ५ प्रस्याङस्थित शान्ति निकेतन माविद्वारा कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ ।

आगामी चैत १५ गतेदेखि सुरु हुने एसईईमा सहभागी हुने विद्यालयका १४ औं ब्याचका विद्यार्थीलाई बिदाई गरिएको हो ।
कक्षा ९ का विद्यार्थीले एक कार्यक्रम आयोजना गरी कक्षा १० का विद्यार्थीलाई बिदाई गरेका हुन् ।

विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले एसईईमा सहभागी हुने ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे ।

‘सबै विद्यार्थीहरुले राम्रो तयारी गर्नुहुनेछ । परीक्षामा उत्कृष्ट अंक ल्याउनुहुनेछ र शान्ति निकेतनको नाम चम्काउनुहुनेछ । इतिहास रच्नुहुनेछ’, डा. पराजुलीले भने, ‘उच्च शिक्षाका लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाई होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’

विद्यालयका सह–प्राचार्य यदुविलास भुर्त्याल, कक्षा १० संयोजक हेम सुवेदी, कक्षा ९ संयोजक अमर क्षेत्री, अनुशासन विभाग प्रमुख सुरज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख भुवानीप्रसाद अधिकारी लगायतले विद्यार्थीलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा कक्षा ९ का विद्यार्थीद्वारा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी खादा ओढाएर बिदाई गरेका थिए ।

कार्यक्रममा अदीति पराजुली, अंकिता कोइराला, स्वीकृति अधिकारी लगायतले बोलेका थिए ।

कक्षा ९ का सफल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रस्मिता श्रेष्ठले स्वागत तथा अनुपम पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा रवि गौतम र आरुषी आचार्यले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button