रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रून्टीगढी गाउँपालिका वडा नं १ लापलका २६ वर्षीय तुलबहादुर भन्ने आकाश घर्तीमगर छन् ।
उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।
आकाशले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट सुर्पाल र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution