तनहुँमा आगलागीमा परी ५ वर्षीय बालकको मृत्यु

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-६ दाउन्नेमा आगलागीमा परेर शुक्रबार ५ वर्षीय बालकको मृत्यु भएको छ ।

आगलागीमा परी शिशिर थापाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा खेलिरहेका शिशिरले लाइटर खेलाउँदा आगलागी भएको थियो ।

शिशिर ऋषिरामका नाति हुन् । पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको पाइएको प्रहरीले जनाएको छ ।

निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button