पोखरामा पत्रकारहरुसहित १६ महिला सम्मानित

पोखरा । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले १६ महिलालाई पोखरामा सम्मान गरेको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले पत्रकारहरू प्रतीक्षा काफ्ले, दुर्गा अधिकारी, राधिका कंडेल, पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) गण्डकीका अध्यक्ष कमला गिरीलगायतलाई सम्मान गरिएको हो ।
त्यस्तै विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट सात वटा महिला सहकारी संस्थालाई पनि सम्मान गरिएको थियो । प्रतिसहकारीलाई ७५ हजार रुपैयाँसहित सम्मानपत्र दिइएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेललगायतले पछिल्ला समयमा समाजका विभिन्न क्षेत्रमा महिला सक्रियता बढिरहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button