रमदान ब्रतमा सहयोग पुुर्‍याउन खाद्यान्न वितरण

पोखरा । मुस्लिम समुदायको महान संस्कृति १ महिने रमदान (ब्रत) मा सहयोग पुर्‍याउने लक्ष्यका साथ समाजसेवी जमिर हुसेन र सफर नेपाल ट्राभल्स एण्ड टूर प्रालिका तर्फबाट खाद्यान्न सहयोग गरिएको छ ।

रुपा गाउँपालिका वडा नं ६ रुपाकोट मुस्लिम समाजमा बसोबास गर्ने विपन्न वर्गका ४० घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै मुस्लिम समाजमा सहयोग गरिएको बताउँदै समाजसेवी हुसेनले यस किसिमका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button