
पोखरा । स्वतन्त्र पत्रकार संघ कास्कीको अध्यक्षमा कृष्ण रानाभाट निर्वाचित भएका छन् । संघको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले रानाभाटलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा डिल्लीराम काफ्ले, सचिवमा रजनी तामाङ, सहसचिवमा शिशिर पौडेल र कोषाध्यक्षमा राधा ढकाल निर्वाचित भए ।
यसैगरी कार्यसमिति सदस्यमा गणेश बज्र लामा, मदनराज जैसी, नवीन केसी र अल्चना श्रेष्ठ निर्वाचित भएको निर्वाचन मण्डल अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिए । रिक्त २ सदस्य मनोनीत हुने छन् ।
सो अवसरमा पत्रकार रजनी तामाङलाई महिला पत्रकार सम्मान र स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव सुरेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।






