भूकम्पको केन्द्रविन्दु कास्कीकाे पार्चे, धम्पुस र सिल्दुजुरेको अवस्था कस्तो छ ?

  • पोखरा न्यूज
  • २०८० फागुन २६
भूकम्पको केन्द्रविन्दु कास्कीकाे पार्चे, धम्पुस र सिल्दुजुरेको अवस्था कस्तो छ ?

|फाइल तस्बिर

पोखरा । कास्की केन्द्रविन्दु भएर गएको भूकम्पबाट कुनै क्षति नभएको मादी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष देवीजंग गुरुङले बताएका छन् ।

उनले भने, ‘केन्द्रबिन्दु नै भएका कारणले हल्लिन त राम्रैसँग हल्लिएको थियो । तर भूकम्पकै कारण कुनै घटना भएको छैन । हालसम्म कुनै विवरण आएका छैनन् ।’

सुरुमा केही त्रास भएपनि हालको जनजीवन सामान्य रहेको उनले बताए । जनजीवन सामान्य नै रहेपनि सतर्क रहन उनले सबैलाई आग्रह गरेका छन् ।

आज बिहान ७ः३० बजे कास्कीको मादी गाउँपालिका वडा नं १ पार्चे, धम्पुस, सिल्दुजुरे आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्नीच्यूटको भूकम्प गएको थियो ।

कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, तनहुँ र लमजुङ र गोरखाका केही क्षेत्रमासमेत भूकम्पको धक्का महसूस भएको बताइएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस