आइतबार दिउँसो १ बजेदेखि पोखरा महानगरका सबै कार्यालय बन्द

पोखरा । पोखरा महानगरपालिका अन्तर्गतका सबै कार्यालय आइतबार दिउँसो १ बजेदेखि बन्द हुने भएको छ ।

महानगरको सातौं स्थापना दिवस मनाउनका लागि दिउँसो १ बजेदेखि सेवा बन्द गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सूचना प्रकाशित गरी जानकारी गराएका छन् ।

सूचनामा सबै वडा कार्यालय, महाशाखा र शाखाहरु बन्द हुने उल्लेख छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button