बाटुलेचौरको सरस्वती, अम्बिका मन्दिर र आत्मज्ञान केन्द्र पुनर्निर्माण

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौर, अमाली बिसौनीस्थित प्राचीन धार्मिक सम्पदा सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्र पुनर्निर्माण गरिएको छ ।

लामो समयदेखि जीर्ण रहेका यी ३ सम्पदाको गण्डकी प्रदेश सरकार र स्थानीयको सहयोगमा पुनर्निर्माण गरिएको समिति अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए ।

सम्पदा संरक्षणमा स्थानीयले चासो देखाए पनि आर्थिक अभावले काम हुन सकेको थिएन ।

हाल प्रदेश सरकारको सहयोगमा सो कार्य सम्पन्न गरिएको अध्यक्ष बस्नेतले बताए ।

तत्कालीन गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री कुमार खड्काको पहलमा विनियोजित ५ लाख ७५ हजार र स्थानीयबाट संकलित ११ लाख गरी १६ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण, वरपर सौन्दर्यकरण तथा आत्मज्ञान केन्द्रको समेत पुनर्निर्माण गरिएको हो ।

मन्दिरसँगै लोप हुने अवस्थामा पुगेको ढिंकी र नाग मुर्ति पनि स्थापना गरिएको छ ।

उक्त सम्पदाको आगामी चैत ३ गते उद्घाटन गरिने समिति सचिव खगेन्द्र थापाले जानकारी दिए ।

पुनर्निर्माण गरिएका सम्पदाको पूर्वमन्त्री खड्काले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

मन्दिर र केन्द्रको पुनर्निर्माणपछि नित्य पूजाआजा गर्न र प्रवचन सुन्न भक्तजनलाई सहज भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button