आज पोखरा महानगरको सातौं स्थापना दिवस, दिउँसो १ बजेदेखि सार्वजनिक बिदा

पोखरा । आज विविध कार्यक्रम गरी पोखरा महानगरपालिकाले सातौँ स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसर पारेर महानगरले रक्तदान कार्यक्रम, पोखरा भवन शिलान्यास गरेको छ ।

यसैगरी आजै ११ बजे पोखरा-१९ सुइँखेतस्थित खुइतेखोला पुल शिलान्यास हुने पोखरा महानगरपालिकाले जनाएको छ ।

आज दिउसो २ बजेदेखि विशेष समारोहका बीच स्थापना दिवस मनाइँदैछ । स्थापना दिवसकै अवसर पारेर महानगरले शनिबार पोखराका उत्कृष्ट विद्यालय र विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

स्थापना दिवसको विशेष समारोहका लागि महानगरले आज दिउँसो १ बजेदेखि सार्वजनिक बिदा दिएको छ ।

महानगरको सातौं स्थापना दिवस मनाउनका लागि दिउँसो १ बजेदेखि सेवा बन्द गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सूचना प्रकाशित गरी जानकारी गराएका छन् ।

सूचनामा सबै वडा कार्यालय, महाशाखा र शाखाहरु बन्द हुने उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button