
पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीले पोखरा १७ छोरेपाटनस्थित मानव सेवा आश्रममा सहयोग गरेको छ ।
आश्रममा आश्रित ७० जनालाई खाना खुवाउने उद्देश्यले संस्था र विभिन्न व्यक्तित्वबाट संकलन गरिएको २२ हजार ५० रुपैयाँ सहयोग गरिएको संस्थाका महासचिव चोक गुरुङले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नारी दिवस र महाशिवरात्रिको अवसरमा उक्त रकम सहयोग गरिएको उनले बताए ।
एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा र कार्यसमिति सदस्य ममता गुरुङको संयोजकत्वमा कार्यक्रम भएको हो ।





