पोखराको खुइतेखोलामा मोटरेवल पुल शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ स्थित खुइते खोला (घट्टे खोला) मा पक्की पुल बन्ने भएको छ ।

पोखराको लामाचौर र माछापुच्छ्रे गाउँपालिका जोड्ने सडक खण्डमा पर्ने खुइते खोला मोटरेवल पुल दुई करोड ८२ लाख ९७ हजार एक सय ३१ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।

पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवैतर्फ १दशमलव२ मिटरको फुटट्रयाक पनि हुनेछ । पुलको उचाई जमिनबाट ११ मिटर अग्लो हुनेछ । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको काम २०८१ को कात्तिक भित्र सम्पन्न हुनेछ ।

उक्त पुलको पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले आइतबार शिलान्यास गरे ।

पोखरा महानगरपालिकाको सातौं स्थापना दिवसको अवसर पारेर उक्त पुल शिलान्यास गरिएको हो ।

नगर प्रमुख आचार्यले पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई दीर्घकालीनमा रूपमा जोड्ने विश्वास व्यक्त गरे ।

पुल निर्माणसँगै त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले दावी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button