पोखरा महानगरको स्थापना दिवसमा रक्तदान, ५७ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत सङ्कलन भएको छ ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए ।

कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले रगतको अभावमा कुनै पनि नागरिकको ज्यान नगुमोस् र कुनै पनि स्वास्थ्य सम्बन्धी समस्याको कारण रगतको अभाव नबन्न पर्याप्त रगतको व्यवस्थापनमा यस प्रकार कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले रक्तदान कार्यक्रम मानवीय सेवाका दृष्टिकोणले अति आवश्यक र महत्त्वपूर्ण भएको बताए ।

स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू सहित जनप्रतिनिधि र कर्मचारी सहभागी थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button