एमाले गोरखामा पृथ्वीसुब्बा पक्षको क्लिनस्वीप

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनबाट थापा अध्यक्षमा विजयी भएका हुन् ।

उनीबिरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेका कृष्ण नेपाली भन्दा ७५ मत बढी प्राप्त गरी थापा अध्यक्षमा विजयी भएका हुन् । थापाले २ सय ८० र नेपालीले २ सय ५ मत प्राप्त गरे ।

निर्वाचित थापा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पक्षका हुन् भने नेपाली निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पक्षका हुन् । गोरखामा दुवै समूहले प्यानल बनाएरै चुनावी प्रतिस्पर्धा गरेका थिए ।

कमिटीको उपाध्यक्षमा थापा म्यानलकै मेनबहादुर अधिकारी शानदार मतका साथ विजयी भए । उनले नेपालीको प्यानलका कमल दानी र अर्का उम्मेद्वार कृष्ण काप्रीलाई पराजित गरे । अधिकारीले २ सय ७०, दानीले १ सय २१ र काप्रीले ७१ मत ल्याए ।

सचिवमा थापा प्यानलकै काजीराम रोका सर्वाधिक मतका साथ विजयी भए । उनले ३ सय ५३ मत प्राप्त गरे । रोकाबिरुद्ध प्रतिस्पर्धा गरेका नेपाली प्यानलका उपेन्द्र देवकोटाले जम्मा १ सय ५ मत पाए ।

यस्तै, उपसचिवमा थापा प्यानलकै मनोज जोशी २ सय ६५ र शान्ति चापागाईं शानदार ३ सय २१ मत प्राप्त गरी विजयी भए ।

नेपाली प्यानलका विष्णुप्रसाद पन्तले १ सय १४ र सञ्जित श्रेष्ठले जम्मा ६७ मत पाए भने अर्की उम्मेद्वार नानीमाया थापाले १ सय ५० मत प्राप्त गरिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button