पाेखरा । नेपाल स्काउट गण्डकी प्रदेश परिषद्ले स्काउटिङ अभियान सशक्तरुपमा सञ्चालन गर्ने भएको छ । साथै स्काउट तालिम आयोजना गरी बालबालिका लक्षित कार्यक्रमसमेत अघि बढाउने गर्ने निर्णय गरेको छ । परिषद्को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य शिवबहादुर भण्डारी, पूर्व राष्ट्रिय तालिम आयुक्त नारायण प्रसाद पराजुली, पुर्व अन्तर्राष्ट्रिय आयुक्त शारदा पराजुलीलगायत सहभागी थिए ।
बैठक अघि परिषद्मा हालै निर्वाचित भएकाहरुले शपथ ग्रहण गरेका थिए । उनीहरुलाई नेपाल स्काउटका राष्ट्रिय सदस्य आशिर्वाद सुवेदीले शपथ ग्रहण गराएका हुन् ।
सो अवसरमा नवनियुक्त प्रदेश आयुक्त सागर पौडेलले पनि पदभार ग्रहण गरे । प्रदेश परिषद्मा निर्वाचितमध्येबाट निवर्तमान सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले नेपाल स्काउटको नियमावलीअनुसार प्रदेश आयुक्तको जिम्मेवारी प्रदान गरेकी थिइन् ।
नेपाल स्काउटको गण्डकी प्रदेश परिषद्मा अनिता राई, एलिसा बिक, सुनिता लो, सरिता ढकाल, सकुन्तला सोती पौडेल, शर्मिला धमला, सोनु यराल, मना गुरुङ, लेकमाया पुन, अनिता पौडेल, अनुषा श्रेष्ठ, महेन्द्र उपाध्याय, ईश्वर सुवेदी, हरिराम अधिकारी, मात्रिका प्रसाद आचार्य, गंगाधर बराल, साजन सुवेदी, अर्जुन नेपाली, बिनय पराजुली, भीमप्रसाद सुवेदी, अरुणकुमार शर्मा काफ्ले लगायत निर्वाचित भएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution