पोखराको वड्स एकेडेमीमा पुरस्कार वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित वड्स एकेडेमीले शैक्षिक तथा विभिन्न गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

शैक्षिकसत्र २०७९ तथा २०८० को अतिरिक्त क्रियाकलापका विभिन्न विधामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई आइतबार पुरस्कृत गरिएको हो ।

सो अवसरमा शिक्षासेवी नरेन्द्रमान लालचनले वड्स एकेडेमीले शिक्षासँंगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हासिल गर्दै गएको बताए । निजी विद्यालयले यसरी नै विद्यार्थीभित्रका प्रतिभाको प्रस्फुटन गर्दै जानुपर्नेमा उनले बताए ।

एनप्याप्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले वड्स एकेडेमी एनप्याप्सन अन्तर्गतका विद्यालयमध्ये खेलकुद, गायन लगायतका क्षेत्रमा अग्रणी रहेको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेयरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याप्सन कास्की उपाध्यक्ष मानकाजी गुरुङ, विद्यालयका प्राचार्य भगवती वाग्ले, सहप्राचार्य विष्णुहरी देवकोटा, मावि शिक्षक तीर्थराज बाँस्तोला, झलक सुवेदी, सुजन नहर्की, प्राइमरी संयोजक गौरी ढकाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

शिक्षिका गीतादेवी डुम्रे, विद्यार्थीद्वय पुजा वाग्ले र दिपलक्ष्या सुनारले कार्यक्रम सञ्चान र विद्यालयका संस्थापक प्राचार्य प्रकाश वाग्लेले स्वागत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button