वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समितिमा देवकोटा

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ आर्वास्थित वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बद्रीप्रसाद देवकोटा निर्वाचित भएका छन् । समितिको आइतबार सम्पन्न छैटौं अधिवेशनले देवकोटालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

समिति उपाध्यक्षमा राजन सिग्देल, सचिवमा नमुना बराल तथा कोषाध्यक्षमा मधु बराल चयन भएका छन् । समिति सदस्यमा भोजराज बराल, कृष्णप्रसाद बराल, गोकर्ण बराल छन् ।

अधिवेशनको उद्घाटन गर्दै पोखरा-१३ का वडाध्यक्ष किरण बरालले खानेपानीका लागि वडाबाट सबैखालको सहयोग हुने बताए ।
उनले तत्काल खानेपानी समितिलाई मर्मत सम्भारका लागि वडाबाट बजेट विनियोजन गर्ने वचन दिए ।

समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष श्रीनाथ बराल, पत्रकार श्रीराम सिग्देल, समाजसेवी कृष्णप्रसाद बराल, सान्तेडाडा सहेले वन उपभोक्ता समिति अध्यक्ष कृष्णप्रसाद बराल, अमरज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक बिमल बहादुर बराल, संस्थाका सल्लाहकार ऋषिराम सिग्देल, समाजसेवी वसन्त शर्मा अधिकारी, शुकदेव बयल, हिमा परियार, रतन पाण्डे खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बराल, जग्गादाता यमकुमारी बराललगायतले बोलेका थिए ।

झण्डै ३ सय उपभोक्ता आवद्ध समिति अन्तर्गत ४ वटा टोल विकास संस्था पर्दछन् ।

समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष मधु बरालको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रम सञ्चालन सचिव सावित्री सिग्देलले गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button