प्लाइ उद्योगमा लागेको आगो अझै नियन्त्रण बाहिर

झापा । झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित प्लाई उद्योगमा आज बिहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि झापाका विभिन्न पालिकाका १० वटा दमकल प्रयोग गरिएको छ ।

यद्यपि अझै आगो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मीलन केसीले जानकारी दिए ।

आगलागीबाट उद्योगको कच्चा पदार्थमा सबैभन्दा धेरै क्षति पुर्याएको छ ।

आगलागीको कारण अझै खुल्न नसकेको र अनुसन्धान भइरहेको एसपी केसीले बताए ।

देशकै ठूलो दावी गरिएको यस उद्योगमा १ हजार ५ सय मजदूर रहेको बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button