तनहुँमा भरुवा बन्दुकसहित शाही पक्राउ

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाही रहेका छन् ।

प्रहरीले निजलाई अवैध एक थान भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घरतलासी गर्दा लुकाइछिपाइ राखेको बन्दुकसहित निजलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button