पोखराको नेशनल क्रियशन एकेडेमीमा ५ सय ६१ जनाको आँखा परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गास्थित नेशलन क्रियशन एकेडेमीमा ५ सय ६१ जनाको आँखा परीक्षण गरिएको छ ।

विद्यालयद्वारा आयोजित शिविरमा विद्यार्थी, अभिभावक र शिक्षकको आँखा परीक्षण गरिएको सिसिए इन्चार्ज सुदामा रेग्मीले जानकारी दिइन् ।

हिमालयन आँखा अस्पतालका ६ जना चिकित्सकको टोलीले आँखा परीक्षण एवं आँखाको हेरचाहबारे सचेतना गराएका थिए ।

प्रार्चाय ज्ञानेन्द्रबहादुर थापाले शिविरले विद्यार्थीको स्वास्थ्यमासमेत विद्यालय सचेत रहेको छ भन्ने सन्देश प्रवाह भएको बताए
उनले स्वास्थ्य सम्बन्धित कार्यक्रमहरु नियमित गरिने बताए ।

विद्यालयले अतिरिक्त क्रियाकलापसँगै विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button