पोखरा । थुनुवालाई पक्राउ गर्न गएका एक प्रहरी जवानको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका ३० वर्षीय प्रहरी जवान शोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए ।
जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नं १ का उमेशसिंह कुँवर पक्राउ परेका थिए ।
उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो । त्यही बेला कुँवर हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए ।
भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडि भागबाट हामफालेका थिए । त्यसक्रममा उनी भिरमा पुगेका थिए भने टाउकोमा चोट लागेको थियो । लडेको केहीबेरमा चौधरीको मृत्यु भएको थियो ।
भागेका थुनुवा कुँवरलाई भने भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको इन्स्पेक्टर सिंहले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution