गण्डकीका पृथ्वीमान गुरुङसहित तीन प्रदेश प्रमुख बर्खास्त

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल परिवर्तन गरेसँगै त्यसको असर सर्वत्र परेको छ ।

सातवटै प्रदेशमा राजनीतिक गर्मी चढिरहेका बेला गण्डकीसहित ३ प्रदेश प्रमुख फेरिएका छन् ।

सरकारले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गरेको हो । गण्डकी प्रदेश प्रमुख गुरुङ २०७८ साउनमा नियुक्त भएका थिए ।

उनीहरु यसअघि कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका भएका थिए ।

यी तीन वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । जसअनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button