पोखरा । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले शानदार जीत हासिल गरेको छ ।
नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ८५ रनले हराएको छ । यो जीतसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले १६ दशमलव१ ओभरमा अलआउट हुनुअघि १ सय १३ रनमात्र बनाउन सक्यो ।
नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे ।
ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाए भने ४ विकेट पनि लिए । यसका अतिरिक्त सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution