पोखरा । राष्ट्रियसभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । सभाको आज बसेको बैठकले दाहाल बहुमतले निर्वाचित भएको घोषणा गरेको हो ।
दाहालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । दाहाल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए ।
दाहालकाे पक्षमा माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन र राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमसहित ३९ जनाले मत दिए ।
दाहालका प्रतिस्पर्धी कांग्रेसका युवराज शर्मा पराजित भए । शर्माको विपक्षमा बहुमत सदस्यले मत व्यक्त गरेपछि प्रस्ताव अस्वीकृत भएको हो ।
शर्मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार थिए । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ ।
मतदानमा ५६ जना सांसद सहभागी थिए । राष्ट्रिय जनमोर्चा नेपालका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारलाई मत दिएनन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution