पोखरा । पोखराकी एक युवती जनकपुरधामको एक होटलमा मृत भेटिएकी छन् ।
मृतक पोखरा महानगरपालिका वडा नं. १३ की अन्दाजी २९ वर्षकी खुस्बु सुनार रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र खरेलका अनुसार जनकपुरधामको रामानन्दचोकस्थित सुनार सिटी होटलको कोठामा आज बिहान ८ बजे उनी बेहोस अवस्थामा भेटिएकी थिइन् ।
उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा ८ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इन्स्पेटर खरेलले जानकारी दिए ।
युवतीको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । उनको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution