पोखरा । तनहुँकी एक शिक्षिकाको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ ।
व्यास नगरपालिकास्थित बाल मन्दिर माध्यमिक विद्यालयकी शिक्षिका सुनिता उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली पाइएको हो ।
उनको प्रमाणपत्र नक्कली पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेकाे छ ।
अनुसन्धान गर्दा भारतको वाराणसीस्थित माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयबाट उत्तीर्ण गरेको हाइस्कुल तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको फेला परेको हो ।
उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उपाध्यायविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदावी लिइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution