पोखराका विभिन्न स्थानमा विद्युत अवरुद्ध

पोखरा । आज पोखराका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।

सिटी फिडरअन्तर्गतका क्षेत्रमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।

केन्द्रकाअनुसार बिहान १० देखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।

सिटी फिडरअन्तर्गत अमरसिंह, माटेपानी, महेन्द्रपुल, गैह्रापाटन, नदीपुर, चिप्लेढुंगा, सिद्धार्थचोक, आलुमाइला चोक, गणेशटोल, भैरवटोल पर्दछन् ।

पोखरा-१० अमरसिंहचोकदेखि माटेपानी फेदी नजिक एचटी लाइन सुधारको काम हुने भएकाले विद्युत अवरुद्ध हुने केन्द्रले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button