
विराटनगर । धनकुटामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा साँगुरीगढी-६ का २५ वर्षीय विवश तामाङ रहेका छन् ।
मंगलबार साँझ साँगुरीगढी गाउँपालिका-७ मा को१च ३२८० नम्बरको भ्यान र को३३प ८३५७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतक तामाङ मोटरसाइकलको पछाडि सवार थिए ।
सो दुर्घटनामा चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई गम्भीर घाइते भएका छन् ।
उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





