कांग्रेस पोखरा-७ का सभापति नवीन बराललाई पितृशोक

पोखरा । नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा-७ का सभापति नवीन बराल तथा नेपाल प्रेस युनियन कास्कीका पूर्वअध्यक्ष हेमराज बराललाई पितृशोक परेको छ ।

बरालद्वयका पिता, नेपाली काँग्रेसका पुराना नेता, प्रजातन्त्रका सेनानी पोखरा महानगरपालिका वडा नं. ७ निवासी अग्नीलाल बरालको आज निधन भएको हो ।

राजनीतिक, सामाजिक एवं धार्मिक व्यक्तित्वका रुपमा आफ्नो परिचय बनाएका बरालको ९० वर्षको उमेर बुधबार दिउँसो पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । आज बिहान स्वास्थ्यमा केही असहज अनुभूति गरेपछि बराललाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लागिएको थियो ।

स्व.अग्नीलालका ५ छोरा ८ छोरीहरु छन् । उनका श्रीमतीको यसअघि नै निधन भइसकेको छ । बरालका जेठा छोरा हेमराज, माहिला देवराज, साहिला छोरा नवीन, काइँला सुन्दर र कान्छा पबित्र बराल हुन् । स्व. अग्नीलालको अन्त्येष्टि अमेरिकामा रहेका जेठा छोरा हेमराज नेपाल आएपछि मात्र गरिने तयारी छ ।

यसैबीच बरालको निधनप्रति नेपाली कांग्रेस कास्की र नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले दुःख व्यक्त गरेको छ ।

कास्की सभापति किशोरदत्त बराल, महानगर सभापति सुरेन्द्र विजुक्छे र सचिव टुवराज बास्तोलाले बरालको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गरे ।

बराल, विजुक्छे र बास्तोलाले पार्टीका वडासभापति नवीन र प्रेस युनियनका पूर्वअध्यक्ष हेमराजसहित सबै परिवारजनमा पर्न गएको शोकप्रति सहानुभूति एवं समवेदना व्यक्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का सचिव सरोज केसीले पनि बरालको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजननमा समवेदना व्यक्त गरेका छन् ।

केसीले भनेका छन्, ‘राजनीतिक, सामाजिक एवं धार्मिक व्यक्तित्व अग्नीलाल बरालको निधनले मलगायत समग्र कांग्रेसीजन मर्माहत, स्तव्ध हुनुका साथै एक असल अभिभावक गुमाउन पुगका छौं । उहाँको निधनबाट निकै गहिरो पीडा महसूस भएको छ ।’

यता, नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टंकराज अधिकारी, कास्कीका अध्यक्ष वासुदेव मिश्रले पनि युनियन कास्कीका पूर्वसभापति हेमराज बरालका पिता एवं राजनीतिक, सामाजिक एवं धार्मिक व्यक्तित्व अग्नीलाल बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button