लमजुङमा रुखबाट लडेर एक जनाको मृत्यु

लमजुङ । लमजुङमा आज दिउँसो रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यनेपाल नगरपालिका वडा नं. ९ भदौरेका ४५ वर्षीय कुलबहादुर परियार छन् ।

भिरमा रहेको पाखुरीको रुखमा चढेर घाँस काट्ने क्रममा खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रुखबाट खसेका परियार भिरबाट करिब एक सय मिटर तल पुगेको र मृत अवस्थामा भेटिएको लमजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर थापाले जानकारी दिए ।

परियारको शवलाई पोस्टमार्टमका लागि तनहुँको दमौली अस्पतालमा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button