पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङलाई पितृशोक परेको छ ।
उनका पिता अम्बरबहादुर गुरुङको ९७ वर्षको उमेरमा बुधबार साँझ पोखरा-२७ स्थित निवासमै निधन भएको हो ।
स्व. गुरुङको आज बिहान ११ बजे धार्मिक परम्पराअनुसार निवासबाट शवयात्रासहित सेती नदीको मरेखरे घाँटमा अन्त्येष्टि गरिने भएको छ ।
गुरुङ बेलायत सरकारमा भूपू भएर ब्रिटिस आर्मीमा मेजर तहसम्मको उपाधि प्राप्त व्यक्तित्व हुन् ।
उनकी श्रीमती बीबीकुमारी गुरुङ, छोराहरु क्याप्टेन ईन्द्रबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ, पूर्णकुमार गुरुङ, मनध्वज गुरुङ, छोरी डम्वरकुमारी गुरुङ छन् ।
यसैबीच नेपाली कांग्रेस पोखरा महानगर सचिव टुबराज बास्तोला र नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का सचिव सरोज केसीले नेपाली कांग्रेका नेता, वडाध्यक्ष पूर्णकुमारका पिता एवं अग्रज व्यक्तित्व अम्बरबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनीहरुले अम्बरबहादुरको निधनले नेपाली कांग्रेसका लागि अपूरणीय क्षति पुगेको उल्ल्लेख गर्दै आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनीहरुले परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution