कुवेत पुगेका तीन नेपालीको सवारी दुर्घटनामा मत्यु

पोखरा । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तीन जना नेपालीको कारको ठक्करबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर छन् ।

मंगलबार बिहान सिसाइड रोडमा दुर्घटना भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको बताइएको छ । समाचार स्रोतकाअनुसार उनीहरु कुवेतस्थित पापाजोन कम्पनीमा कार्यरत थिए ।

मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको नेपाली राजदूतावासले जनाएको छ ।

उनीहरुको शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button