नेपालले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै

पोखरा । सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली बुधवार नै मलेसिया पुगिसकेको छ ।

नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ ।

नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ ।

नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button