प्रधानमन्त्रीको उपस्थितिमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै

पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने मिति तय भएको छ ।

यही चैत ४ गते आइतबार पर्यटकीय राजधानी घोषणा हुने पोखरा महानगरपालिकाले जनाएको छ ।

पर्यटकीय राजधानी घोषणासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी हुने बताइएको छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त्त आयोजनामा गर्न लागिएको घोषणा कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको आयोजकको भनाइ छ । घोषणा कार्यक्रम अगाडि र्‍यालीसमेत आयोजना गरिनेछ ।

चैत्र ४ गते बिहान सवा १० बजे बसुन्धरापार्कबाट र्‍याली सुरु भइ सवा ११ बजे बाराहीघाटमा पुगेपछि ‍औपचारिक कार्यक्रम आयोजना हुनेछ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र यस वरपरका पालिकाहरू तथा संघसंस्थाको संयुक्त पहलकदमीमा पोखरा पर्यटनको राजधानी घोषणा हुने निश्चित भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button