पोखरामा आज हरिवंश आचार्य र प्रकाश सपूतलाई सम्मान गरिँदै

  • पोखरा न्यूज
  • २०८० चैत्र २
पोखरामा आज हरिवंश आचार्य र प्रकाश सपूतलाई सम्मान गरिँदै

पोखरा । पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयले वरिष्ठ कलाकार हरिवंश आचार्य र लोकगायक प्रकाश सपूतलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

उनीहरुलाई प्रतिभा सम्मान अर्पण गर्न आज बिहान १०ः३० बजे पोखरा सभागृहमा विशेष समारोह आयोजना गरेको छ ।

प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयले विभिन्न विधा र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

विद्यालयले यसअघि अग्रज साहित्यकार प्राडा अभी सुवेदी र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई सम्मान गरिसकेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस