आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • पोखरा न्यूज
  • २०८० चैत्र ३
आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

|प्रतिकात्मक तस्बिर

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका-७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस