पोखराको बाटुलेचौरमा सरस्वती मन्दिर पुनर्निर्माण

  • पोखरा न्यूज
  • २०८० चैत्र ३
पोखराको बाटुलेचौरमा सरस्वती मन्दिर पुनर्निर्माण

पोखरा । पोखराको बाटुलेचौर अमाली बिसौनीस्थित जीर्ण अवस्थाको ऐतिहासिक सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । शनिबार पूर्वमन्त्री कुमार खड्काले मन्दिर र आत्मज्ञान केन्द्र उद्घाटन गरेका हुन् ।

सो अवसरमा पूर्वमन्त्री खड्काले आफू संघ सरकार र प्रदेश सरकारमा मन्त्री हुँदा जनताका आवश्यकतालाई केही हदसम्म पूरा गरेको स्पष्ट पारे ।

पोखरा-१६ पिछडिएको क्षेत्र भएकाले पनि आफ्नो ध्यान केन्द्रित भएको भन्दै स्पष्ट पार्दै विकासमा सबैको सामूहिक भावना हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा मन्त्री खड्का र कार्यसमिति सदस्य दिनेश बस्नेत, प्रकाश खड्कालाई सम्मानसमेत गरिएको थियो ।

मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष होमबहादुर खडका, समितिका उपाध्यक्ष पार्वती बस्नेत, सचिव खगेन्द्र थापा लगायतले बोलेका थिए ।

गण्डकी प्रदेश सरकारबाट ५ लाख ७३ हजार र विभिन्न दाताबाट रकम संकलन गरी पुनर्निर्माण कार्य सम्पन्न गरिएको कोषाध्यक्ष राजु थापाले जानकारी दिए । पुनर्निर्माणका लागि करिब १६ लाख खर्च भएको उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस