पोखरा विमानस्थलबारे प्रधानमन्त्रीको जिकिर, ‘भारतीय र चिनियाँ सिधै पोखरा आउन्’

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधन गर्न आफूले पहल गरिरहेको दावी गरेका छन् ।

सरकारले पनि भारत र चीनका जहाज सिधै पोखरा आउन् भन्ने चाहेको र आफूले पनि त्यसै अनुसार पहल गरिरहेको स्पष्ट पारे ।

पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले देशका विभिन्न स्थानबाट सिधै पोखरा आउनका लागि हवाइमार्ग पहिलेभन्दा सहज भएको उल्लेख गरे । साथै उनले अब पोखराबाट झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीमा पनि नियमित उडानको वातावरण बनाउने प्रतिवद्धता जनाए ।

पोखरा आवतजावत गर्ने सडक मार्गको अवस्थाबारे आफू पूर्ण जानकार रहेको भन्दै प्रधानमन्त्रीले पोखरा–मुग्लिन सडक विस्तारको काममा ढिलो नगर्न ताकेका गरिरहेको दाबीसमेत गरे ।

सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने प्रधानमन्त्रीले स्पष्ट पारे । उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले अवरोध हुन नहुने बताए ।

नयाँ सत्ता समीकरण बनेपछि आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न र व्यवसायीलाई कुनै खाले अनावश्यक दुःख नदिन निर्देशन दिएको भन्दै प्रधानमन्त्रीले नियम र कानुन पालना गरेर काम गरिरहेको कुनै पनि व्यवसायी त्रसित हुन नपर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button