बुद्व विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदानमा ६४ युनिट रगत संकलन

पोखरा । पोखराको बुद्व विशाल बजार व्यापारिक एसोसिएसनले आयोजना गरेको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरूङले सबैभन्दा ठूलो दान रक्तदान भएको भन्दै कार्यक्रम आयोजना गरेकोमा एसोसिएसनलाई धन्यवाद दिइन ।

एसोसिएसनका निर्वतमान अध्यक्ष केशवबहादुर खत्रीले एसोसिएसनले यस वर्ष रजत महोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमहरू गरिरहेको जानकारी दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार माधव सिग्देल, कस्मेटिक व्यवसायी संघकी अध्यक्ष दुर्गा बराल फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरू लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष इन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुद्विबहादुर कुँवरले स्वागत तथा सचिव तथा कार्यक्रम संयोजक थमनसिह गुरूङले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button