पोखरा । ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण चैत १९ गतेदेखि सुरु हुने भएको छ । नेपाल अटोमोबाईल एसोसिएसनको मोटरसाइकल र टुरिब कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैत १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो ।
नेपाललाई विश्वकै मोटर स्पोर्टस्को गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्देश्यले आयोजना हुने कार्यक्रममा काठमाडौं-पोखरा, जोमसोम-पोखरासम्म मोटरसाइकल टुरिब र्याली हुनेछ ।
कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्द्रुक, वाग्लुङ, तातोपानी, रुप्से झरना, लेते, कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुश्माको फोटोग्राफी, भिडियोग्राफीसहित सेफ्टी राइडिङ सम्वन्धित जनचेतनामूलक कार्यक्रमसमेत हुनेछ ।
जोमसोममा मोटोखाना रेसिब, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिब र ट्यालेन्ट हन्टसम्बन्धित विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ ।
राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने कार्यक्रममा पोखरामा हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर समापन हुनेछ ।
कार्यक्रम संयोजक अनिलकुमार बरालले ट्रान्स हिमालय एडभेन्चरले नेपाली खेलकुद तथा पर्यटनमा छुट्टै पहिचान बनाउने बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution