|तस्बिर : राधिका कंडेल
पोखरा । पोखरामा आज साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने भएका छन् ।
आईतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् ।
उनले आजै साँझदेखि लागू हुने गरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको १ बजेसम्म निर्बाध रूपमा सञ्चालन हुने बताए ।
उनले राउन्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाए । उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे ।
उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत् ध्यान केन्द्रको रूपमा एउटा ध्यान केन्द्र निर्माण गर्ने घोषणा पनि गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताए ।
आजै साँझदेखि लागू हुने गरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको १ बजेसम्म निर्बाधरूपमा सञ्चालन हुनेछन् ।
साथै डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने हुनेछन् ।
राउन्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्ने लक्ष्य छ । बेगनास तालमा क्रुज शिप सञ्चालन पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गरिनेसमेत बताइएको छ ।
पोखरालाई वृहत् ध्यान केन्द्रको रूपमा एउटा वृहत् ध्यान केन्द्र निर्माण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वी चोकसम्म स्टल बस सेवा सञ्चालन गरिने समेत घोषणामा उल्लेख छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution