पोखरा । बाल मनोविज्ञान तथा शैक्षणिक सुधार योजनासम्बन्धी गोष्ठी शनिबार पोखरामा सम्पन्न भएको छ ।
माया फाउन्डेसनअन्तर्गत कार्यक्रम सञ्चालन भएका कास्कीका १० विद्यालयका ७० जना गोष्ठीमा सहभागी थिए ।
विद्यालयका प्रधानाध्यापक, शैक्षिक सुधार योजनाको कोर टिमको सहभागिता रहेको गोष्ठीमा शैक्षिक सत्र २०८० को मूल्यांकन, पृष्ठपोषण र नयाँ शैक्षिक सत्रका लागि योजना निर्माण गरिएको अक्सफोर्ड स्कुलका प्रशासक भूमिराज अधिकारीले जानकारी दिए ।
गोष्ठीमा हान युनिभर्सिटी नेदरल्यान्डका प्रोफेसर पेटर फ्रान्सेनले शैक्षणिक योजना तथा टाँसी वल्र्ड अफ स्कुल काठमाडौंका सञ्चालक डिलमाया अधिकारीले बालमनोविज्ञानबारे सहजीकरण गरेका थिए ।
कास्कीका अक्सफोर्ड, स्नोभियो, माछापुच्छ्रे नमूना, सिर्जना मावि, धारापानी मावि, महेन्द्र आवि, चिरगादी स्कुल, शिशुकल्याण, दुर्गा भवानी आदर्श सामुदायिक र जनकल्याण माविमा माया फाउन्डेसनका कार्यक्रम सञ्चालनमा छ ।
फाउन्डेसनले शैक्षिक सुधारमा सहजीकरण, शैक्षिक सामग्री वितरण र छात्रवृत्ति वितरण गर्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution