पूर्वसभामुख महरा पक्राउ, काठमाडौं ल्याइयो

पोखरा । सुन तस्करी प्रकरणमा मुछिएका पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

उनलाई आज बिहान रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको हो । उनलाई यति एयरको जहाजमार्फत काठमाडौं ल्याइएको छ ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको बताइएको छ ।

महरा केही दिनदेखि प्रहरीको निगरानीमा रहँदै आएका थिए । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएपछि प्रहरीलाई महरा पक्राउ गर्न बाटो खुलेको थियो ।

महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button