बागलुङ निसीखोलाका टेकबहादुर घर्ती मगर पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधसम्बन्धी कसूर मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ निसीखोला वडा नं ६ का वर्ष ३८ का टेकबहादुर घर्ती मगर रहेका छन् ।

जिल्ला अदालत बागलुङले पुस २८ गते मगरबिरुद्ध चार वर्ष एक महिना ११ दिन कैद सजाय गर्ने फैसला गरेको थियो ।

उनलाई आइतबार पक्राउ गरी सजाय भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button