काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ ।
बोर्डका तर्फबाट परिपत्र जारी गर्दै बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई नियमित ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरिएको बताए ।
उनका अनुसार एक सय शय्यासम्मको अस्पतालले हप्तामा एक दिन, दुई सय शय्यासम्मको अस्पतालले हप्तामा दुई दिन र तीन सय शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने छ ।
साथै सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको अवस्थामा विशेषज्ञको सहयोग लिनका लागि नजिकको विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने बोर्डका शाखा अधिकृत अर्यालले बताए । उनका अनुसार हाल बोर्डमा करिब चार सय ४० अस्पताल आबद्ध छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution