बैदामस्थित आदर्श टोल सुधार समिति अध्यक्षमा अधिकारी

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदामस्थित आदर्श टोल विकास संस्थाको सोमनाथ अधिकारी चयन भएका छन् । संस्थाको प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, सचिवमा कविता अर्याल गौतम, कोषाध्यक्षमा सुरज श्रेष्ठ, सहसचिवमा मैनादेवी रावत लम्साल छन् ।
कार्यसमिति सदस्यमा वीरबहादुर सुनार, सन्देश गौतम, पुरुषोत्तम न्यौपाने, गौमती थापा, रामबहादुर सुनार, दुर्गा पहारी, ईन्द्रबहादुर नौमाग, रजनी परियार, उषा गुरुङ, बाबुकाजी श्रेष्ठ र बुद्धिबहादुर क्षेत्री चयन भए ।

साधारणसभा शुभारम्भ गर्र्दै पोखरा-६ का टोल समन्वय समिति संयोजक गिरीराज अधिकारीले वडाभित्र २७ वटा टोल विकास संस्था रहेको जानकारी दिए । उनले आदर्श टोल सुधार संस्था अन्य भन्दा पृथक रहेको बताए ।

उनले संस्थाले समाज रहेका विकृति-विसंगतिलाई न्यूनीकरण गर्दै जनचेतना फैलाउन सहयोग गरेको र आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापनमा समेत योगदान रहेको स्पष्ट पारे ।

वडासदस्य बासु बरालले संस्थाले समाजमा रहेको विकृति-विसंगतिसहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन आग्रह गरे ।

समिति सदस्य वीरबहादुर विश्वकर्माले सदस्यको क्षमता विकास गर्नेे तालिम र अभिमुखीकरण जस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले अगामी दिनमा सदस्यको आर्थिक स्तर सुधार गर्न वडा कार्यालयसँग समन्वय गर्ने स्पष्ट पारे । उनले सिलाइकटाइ, सिन्के धूप र मैनबत्ती बनाउने तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रम संस्थाका अध्यक्ष धर्मबहादुर सुनारको अध्यक्षतामा भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button