आज विश्व सामाजिक कार्य दिवस

पोखरा । आज विश्व सामाजिक कार्य दिवस । यो दिवस हरेक अंग्रेजी वर्षको तेस्रो महिनाको तेस्रो हप्ताको तेस्रो दिन मनाउने गरिन्छ । हरेक वर्ष नेपाल लगायत विश्वका विभिन्न देशमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने गरिन्छ ।

सामाजिक कार्य दिवसमा सकारात्मक परिवर्तनलाई नेतृत्व गर्न र पारस्परिक सम्मान र दिगोपनमा फस्टाउने समुदायलाई बढावा दिन सामाजिक कार्यकर्ताले खेल्ने परिवर्तनकारी भूमिकाको समयमै सम्झाउने काम गरेको छ । यस अर्थमा नै हुनपर्छ यस वर्षको नारा नै रुपान्तरित परिवर्तनका खातिर साझा भविष्य भन्ने रहेको छ ।

यो दिनले सामाजिक सामाज सेवकहरुको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ । यस दिन सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवर्द्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्दै सामाजिक कार्यकर्ताहरूको विश्वव्यापी सङ्गठन इन्टरनेशनल फेडरेशन अफ सोसियल वर्कले समाजसेवाको पैरवी गर्दछन् । सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन्, आज ती सबै कुरालाई पूनरावोलोकन गरिन्छ ।

यो दिन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू मनाउने अवसर हो साथै सामाजिक कार्यकर्ताहरूले कमजोर परिवार र समुदायको जीवनमा खेल्ने महत्त्वपूर्ण भूमिकाको लागि चेतना र समर्थन जगाउने अवसर पनि हो। यो दिवसले पेसा र सामाजिक सेवा क्षेत्रलाई थप योजना, विकास र सहयोगको आवश्यकतातर्फ ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button