पोखरा । बागलुङ भएको बस दुर्घटनाका घाइते भएका २६ जनामध्ये दुई जनालाई पोखरा ल्याइएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पूर्वी रुकुमदेखि काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस हिजो साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका वडा नं. ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
बागलुङमा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक नाबालिकासहित चार महिला छन् । मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ ।
घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
जसमध्ये सात जनाको अवस्था सिरियस र ११ जनाको अवस्था गम्भीर रहेर पनि स्थिर र आठ जना उपचारपछि सामान्य अवस्थामा आएको बताइएको छ ।
घाइतेको नामावली
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution