पोखरा काहुँडाँडाको वनमा अझै बलिरहेको छ आगो

पोखरा । पोखराको काहुँडाँडाको सामुदायिक वनमा लागेको आगो अझै बाँकी रहेको छ । वस्ती भन्दा टाढा जंगलका केही स्थानमा आगो अझै बलिरहेको फूलवारी निवासी टुवराज बास्तोलाले जानकारी दिए । आगो पूर्णरुपमा नियन्त्रणमा नआएकाले सतर्कता अपनाउनुपर्ने उनले बताए ।

सोमबार राति ८ः३० देखि फैलिएर नियन्त्रणबाहिर रहेको आगो राति १ बजेदेखि निकै मत्थर भएको थियो ।

आगलागीबाट वनको धेरै क्षेत्र सखाप भएको छ । काहुँ धरहराको पछाडिपट्टिको वन क्षेत्र केही दिन अघिको आगलागीबाट सखाप भइसकेको वडाध्यक्ष प्रेम कर्माचार्यले जानकारी दिए ।

कास्की प्रहरीका अनुसार आगो नियन्त्रणमा आएको जस्तो देखिएपछि सुरक्षाकर्मी तैनाथ नै छ । आगो ठूला रुखका मुडामा सल्किएर बसेको हुन सक्ने भएकाले सर्तकताका साथै दमकल र सुरक्षाकर्मी त्यहाँ नै रहेको प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

आगो नियन्त्रणका लागि दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीय र पोखरा बजारबाट धेरै सर्वसाधारण पुगेका थिए ।

आगलागीको धुँवाले मणिपाल शिक्षण अस्पताल आसपासका क्षेत्र ढाकिएको छ । जसका कारण श्वासप्रश्वासमा केही समस्या भएको स्थानीयले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button